काठमाडौं । आज पुष १ गते राष्ट्रिय झण्डा दिवसका रुपमा मनाइँदैछ ।
नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्रसंघले २०१९ साल पुस १ गतेका दिन विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई राष्ट्रिय झण्डा दिवसका रुपमा मनाइने गरेको हो ।
राष्ट्रिय झण्डा देशको गौरव र प्रतिष्ठाको विषय भएकाले पनि झण्डाको सम्मान गर्नुपर्नेमा अभियन्ताहरुले जोड दिंदै आएका छन् ।