दुलेगौंडा । सेती नदिकाे बाँँध खाेलेपछि ४ दिनदेखि सम्पर्क विहीन रहेका तनहुँका १९ वर्षीय संगम मिश्रको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकका अनुसार नदीपुरस्थित सेती नदीमा उनको शव फेला परेको हो ।
पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार हुँदै गर्दा मिश्र सम्पर्कविहीन भएका थिए ।
नजिकै रहेको सेती नदीमा हाम फालेको आशंकामा बिहीबार पोखरा १६ दीपमा रहेको सेती सिँचाइ आयोजनाको बाँध खोलेर उनको खोजी गरिएको थियो ।