दुलेगौंडा । आज सेती नदिमा पानीको बहाव बढ्ने हुदाँ नदि छेउका मानिसहरुलाई सर्तक रहन जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ । एक व्यक्ति खोलामा हाम फालेर हराएको हुन सक्ने प्रारम्भिक अनुमानका आधारमा प्रहरीले नदिमा पानीको वहाब बढाएर खोजतलास सुरु गर्न लागेको हो ।
तनहुँ जिल्ला स्थायी घर भई हाल पोखरा महानगरपालिका–१६ लामाचौर बस्ने १९ बर्षिय संगम मिश्र ज्वरो लाएको हुदाँ मणिपाल अस्पतालको ईमरजेन्सी वेडमा रहेका थिए । निज मिश्रका बुबा हरिप्रसाद औषधि लिन जाँदा संगम अस्पतालबाट हराए । उक्त खबरका आधारमा प्रहरीले खोजतलास सुरु गर्याे । प्रहरीले निज संगम मिश्रले लगाएको कपडा र परिचयपत्र नदिपुर जाने झलुङ्गे पुलको विचमा फेला प¥र्याे ।
प्रारम्भिक अनुसन्धानका आधारमा पोखरा–१६ दिप स्थित रहेको ड्याम खोलेर खोजतलास सुरु गर्नु परेको हुदाँ आज मध्यान्न १२ बजेदेखी ४ बजेसम्म सेती नदिमा पानीको बहव बढ्ने प्रहरीले जनाएको छ ।