दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका ७० बर्षीय रनबहादुर सारु रहेका छन् । रनबहादुरले सोही ठाउँका ९ बर्षीय बालिकालाई करणी गरेका थिए ।
पिडित बालिकाको अनुसार रनबहादुरले संवेदनशिल अंग छुने, चलाउने र यौन शोषण गर्ने गरेको थिए । आफुलाई पैसा दिने र कोठामा लग्ने गरेको बालिकाको बयान छ ।
जबरजस्तीकरणीको घटना बाहिर आएपछि रनबहादुरले स्थानीय, पत्रकार समक्ष आफुले करणी गरेको स्विकार गरेका थिए । तत्पश्चात रनबहादुरलाई मंगलबार प्रहरीको जिम्मा लगाईएको थियो ।
ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख गणेश सुवेदीले आरोपित रनबहादुरलाई आज जिल्ला अदालत पेश गरेर म्याद थप गरि अनुसन्धान सुरु गर्ने बताए ।