दुलेगौंडा । गुरूङहरूकाे महान पर्व तमु ल्हाेसार (मुप्रि ल्हाे) काे अवसरमा शुक्लागण्डकी-५ बेलचाैतारामा अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । तमु ह्युल छाें घीँ गुरूङ राष्ट्रिय परिषद् शुक्लागण्डकी नगर समितिले उक्त कार्यक्रम आयाेजना गर्न लागेको हाे ।
तमुहरूकाे इतिहास, उत्पत्ति, एकता, संस्कार र ल्हाेसारकाे महत्त्व, आजको राजनीतिक उपलब्धि र तमुकाे भुमिका लगायतका विषयमा अन्तरक्रिया कार्यक्रम गरिने भएको तमु ह्युल छाें घीँ गुरूङ राष्ट्रिय परिषद् शुक्लागण्डकी नगर समितिका अध्यक्ष मनराज गुरूङले बताए । उनका अनुसार कार्यक्रम मंसिर २९ गते विहान १० बजेबाट सिलाङघारी तमु समाज हलमा हुने छ ।
अन्तरक्रिया कार्यक्रममा तमु ह्युल छाें घीँ गुरूङ राष्ट्रिय परिषद्का उपाध्यक्ष नरबहादुर गुरूङ, प्हच्यु गुरू तथा साेधकर्ता यारजंङ गुरु र अधिकारकर्मी हरि सिंह गुरूङ पनि सहभागी हुँदै छन् ।