दुलेगौंडा । भलिबल जस्तै हातको सट्टा खुट्टा र टाउको प्रयोग गरि सेपाक ताक्रे खेल खेलिन्छ । शुक्लागण्डकीमा पहिलो पटक यही सेपाक ताक्रोको विद्यालय स्तरीय रनिङ शिल्ड प्रतियोगिता भएको छ ।
शुक्लागण्डकी नगरपालिका सेपाक ताक्रो संघले आयोजना गरेको रनिङ शिल्ड प्रतियोगितामा छात्रातर्फ पञ्चमुनिदेव माध्यमिक विद्यालय र छात्रतर्फ बालविद्या मन्दिर माध्यमिक विद्यालय विजय भएको छ ।
शनिबार भएको फाईनल खेलमा बालविद्या मन्दिर माध्यमिक विद्यालयले हंशवाहिनी माध्यमिक विद्यालयलाई २–० को सोझो सेटमा पराजित गर्दै रनिङ शिल्डकको उपाधि हासिल गरेको छ । यो संगै हंशवाहिनी माध्यमिक विद्यालय द्धितीय भएको छ ।
यसैगरि छात्रातर्फको खेलमा पञ्चमुनिदेव माध्यमिक विद्यालयले तालवेसी माध्यमिक विद्यालयलाई २–० को सोझो सेटमा पराजित गरेको थियो । योसंगै पञ्चमुनिले रनिङ शिल्डको उपाधि हात पारेको छ भने तालवेसी उपविजेता बनेको छ ।
केन्द्रबाट मात्रै खेलाडी उत्पादन गर्ने परिपाटी रहेको हुदाँ स्थानीय स्तरमा पनि सेपाक ताक्रोका खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको शुक्लागण्डकी नगरपालिका सेपाक ताक्रो संघका अध्यक्ष श्यामबहादुर श्रेष्ठले बताए ।