दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पञ्चमुनिदेव माध्यमिक विद्यालयले १२ स्वर्ण, ७ रजत र २ कास्य पदक सहित रनिङ शिल्डकाे उपाधि हात पारेको छ ।
यसैगरी प्रतियोगितामा तालवेसी माध्यमिक विद्यालयले द्धितीय स्थान हासिल गरेको छ । तालवेसीले प्रतियोगिता अवधिभर ४ स्वर्ण, ९ रजत र ६ कास्य पदक हात पारेको थियाे ।
यसैगरी खैरेनी माध्यमिक विद्यालयले ४ स्वर्ण, २ रजत, ४ कास्य पदक सहित तृतीय भएको छ भने आयाेजक विद्यालय नेपाल पुलिस स्कुलले ३ स्वर्ण, १ रजत र ३ कास्य पदक सहित सान्त्वना भएको छ ।
प्रतियोगितामा जनप्रेमी माध्यमिक विद्यालयले ३ स्वर्ण, १ रजत, २ कास्य, अरनिको माध्यमिक विद्यालय (खैरेनी)ले २ स्वर्ण, ४ रजत, ३ कास्य, आधारभूत माध्यमिक विद्यालयले २ स्वर्ण र १ रजत पदक, गाफा माध्यमिक विद्यालयले १ स्वर्ण, ३ रजत, ३ कास्य पदक, ज्ञानबगैचा स्कुलले १ स्वर्ण र २ कास्य पदक, हंशवाहिनी माध्यमिक विद्यालयले १/१ रजत र कास्य पदक, बालविद्या मन्दिर मावि र सरस्वती नमुन माध्यमिक विद्यालयले १/१ रजत पदक हासिल गरेको छ भने कञ्चनजंघा, जनकल्याण र माउन्ट अन्नपूर्ण विद्यालयले १/१ कास्य पदक हात पारेको थियाे ।
याे सहित पञ्चमुनीले ३ पटक राष्ट्रपति रनिङ शिल्डकाे उपाधि हासिल गरेको छ । जहाँ पञ्चमुनिले पहिलो, तेस्रो र पाँचौ राष्ट्रपति रनिङ शिल्डकाे उपाधि हासिल गरेको हाे । यसैगरी दाेस्राे राष्ट्रपति रनिङ शिल्डमा हंशवाहिनी माध्यमिक विद्यालयले र चाैथाे राष्ट्रपति रनिङ शिल्डकाे उपाधि तालवेसी माध्यमिक विद्यालयले हासिल गरेको थियो ।