दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पञ्चमुनिदेव माध्यमिक विद्यालयले ७ स्वर्ण र २ रजत पदक सहित तालिकाकाे शिर्ष स्थानमा रहेको छ । स्वर्ण पदककाे आधारमा रनिङ शिल्डकाे उपाधि चुम्ने हुदाँ पञ्चमुनिकाे सम्भावना बलियो देखिएकाे छ ।
तालिकाकाे दाेस्राे स्थानमा रहेकाे जनप्रेमी माध्यमिक विद्यालयले २ स्वर्ण र १ कास्य पदक हात पारेको छ । प्रतियोगिता तालवेसी माध्यमिक विद्यालयले सबैभन्दा धेरै खेलमा जिते हासिल गरे पनि तालिकाकाे तेस्रो स्थानमा परेको छ । जहाँ तालबेसीले १स्वर्ण मात्रै हात पारेको छ भने ६ रजत र ४ कास्य पदक हात पारेको छ ।
यसैगरी अरनिको माध्यमिक विद्यालय(खैरेनीटार) ले १ स्वर्ण, २ रजत र २ कास्य पदक हात पारेको छ । आयाेजक विद्यालय नेपाल पुलिस स्कुलले १ स्वर्ण, १ रजत र २ कास्य पदक प्राप्त गरेको छ । गाफा माध्यमिक विद्यालयले समान १/१/१ वटा स्वर्ण, रजत र कास्य पदक हात पारेको छ ।
प्रतियोगितामा खैरेनी माध्यमिक विद्यालयले १ स्वर्ण र १ कास्य, बालविद्या मन्दिर माध्यमिक विद्यालयले १ कास्य पदक जितेको भने कञ्चनजंघा स्कुल र ज्ञानबगैँचा स्कुलले समान १/१ वटा कास्य पदक हात पारेको छ ।
रनिङ शिल्ड प्रतियोगिता मंसिर २३ गते अर्थात् भाेलि सक्किदै छ । अब ९ वटा विधामा प्रतियोगिता हुनै छ ।