काठमाण्डौ – त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलबाट १४ किलो सुनसहित २ जनालाई पक्राउ गरेको छ ।
फ्लाई दूबईबाट आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट ७ थान बिस्कुट आकारको १४ किलो सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले बताए ।
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले घलेको सूचनाका आधारमा थप १ जनालाई पक्राउ गरिएको बताए । पक्राउ परेका घलेलाई निकासी पैठारी नियन्त्रण ऐन २०१३ र भन्सार ऐन २०६४ अन्तर्गत भन्सार महसुल छली तथा चोरी पैठारी कसुर गरेकाले थप अनुसन्धानका लागि कार्यालय खुलेसँगै त्रिभुवन विमानस्थल कार्यालय गौचरनमा बुझाउने गरी प्रहरी प्रभाग कोटेश्वरको जिम्मा लगाएको छ ।