दुलेगौंडा । तनहुँ जिल्लामानै पहिलो पटक भएको नवराज पराजुलीको कविता कन्सर्टमा भएको खर्च विवरण सार्वजनिक गरेको छ ।
शुक्लागण्डकी सराेकार मञ्चले कार्तिक १८ गते शनिबार सम्पन्न गरेको कार्यक्रमकाे खर्च विवरण आज सार्वजनिक गरेको हाे । आयाेजकका अनुसार कार्यक्रममा २ लाख ४५ हजार १५० रूपैयाँ आम्दानी भएको थियो । जसमध्ये एक लाख ६६ हजार १२५ खर्च भएको छ भने ७९ हजार २५ रूपैयाँ बचत भएको छ ।
मञ्चका सचिव अस्मिता खनालका अनुसार कार्यक्रममा टिकटबाट १ लाख ५५ हजार ५० रूपैयाँ र विभिन्न सहयोग व्यक्ति र संघसंस्थाबाट ९० हजार एक सय रूपैयाँ संकलन गरेको थियाे । कार्यक्रमका मुख्य आकर्षक कवि नवराज पराजुली र संगितकार एवम् गायक रिदम कडेललाई ८० हजार रूपैयाँ पारिश्रमिक प्रदान गरेको खनालले बताईन् ।
मञ्चका अध्यक्ष सुरेस पाैडेलले बचत रकम समाजको कार्यका लागि खर्च गरिने बताए । आफुहरूले आयाेजना गरिएको कार्यक्रममा प्लास्टिकको प्रयाेग कम गरेको उनकाे भनाइ छ । उनले कन्सर्ट सम्पन्न गर्न सहयाेग पुर्याउने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।
कवि नवराज पराजुलीले कविता वाचन कार्यक्रममा टिकट काटेर हेर्न आउनेकाे संख्या सबै बढी दुलेगौंडा रहेको बताए ।