दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि नेपाल पुलिस स्कुलमा सुरु भएको छ । प्रतियोगिताकाे पहिलो दिन पञ्चमुनिदेव माध्यमिक विद्यालय र अरनिको माध्यमिक विद्यालय खैरेनीटार समान ५ अंक सहित शिर्ष स्थानमा छ ।
पञ्चमुनिबाट अविशेक पाैडेलले १५०० मिटर दाैडमा स्वर्ण र साेहि दाैडमा भाेजबहादुर गैह्रेले रजत पदक हात पारेका छन् । यसैगरी अरनिको माध्यमिक विद्यालयबाट आश्विन थापाले लङ्ग जम्पमा स्वर्ण र पुजन कुमालले १५०० मिटर दाैडमा रजत पदक हात पारेकी थिए ।
यसैगरी समान ४/४ अंक सहित तालवेसी माध्यमिक विद्यालय र जनप्रेमी माध्यमिक विद्यालय अंक तालिकाकाे दाेस्राे स्थानमा छ । तालबेसीका सञ्जिता विकले लङ्ग जम्पमा रजत, १५०० मिटर दाैडमा समीर कार्की र सञ्जिता विकले कास्य पदक हात पारेको छ । जनप्रेमीबाट १५०० मिटर दाैडमा सलिना सापकाेटाले स्वर्ण र लङ्ग जम्पमा महिना सुचिकारले कास्य पदक हात पारेको छ ।
प्रतियोगितामा खैरेनी माध्यमिक विद्यालयका मनकुमारी लामाले लङ्ग जम्पमा स्वर्ण, नेपाल पुलिस स्कुलका सुदिन भण्डारीले लङ्ग जम्पमा रजत र ज्ञानबगैचा स्कुलका शरण विकले लङ्गजम्पमा कास्य पदक हात पारेको छ ।