दुलेगौंडा । लियो क्लब अफ खैरेनीटार–दुलेगौंडा मन्त्रले शुक्लागण्डकी–७ मा रहेको सुस्वती नमुना माध्यमिक विद्यालयका विद्यार्थीलाई क्याकुलेटर हस्तान्तरण गरेको छ ।
विद्यार्थीमा गणितीय सिप विकासमा सहयोग पु¥याउनका निम्ति क्लबले क्याकुलेटर प्रदान गरेको क्लबका अध्यक्ष निरञ्जन श्रेष्ठले बताए । ‘गणित विषय धेरैले गाह्रो मान्ने गर्दछन् । विद्यार्थीहरुमा गणितीय सिकाई गर्न क्याकुलेटरले महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । विद्यार्थीहरुमा हौसला प्रदान गरि सहज सिकाई गराउन सहयोग होस् भनेर हामीले क्याकुलेटर हस्तान्तरण गरेका हौ’ उनले भने ।
क्लबले कक्षा ९ र १० का ३० जना विद्यार्थीलाई क्याकुलेटर हस्तान्तरण गरेको थियो । क्लबका अध्यक्ष निरञ्जन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा शुक्लागण्डकी–७ का वडाध्यक्ष खड्क सिं थापा, विद्यालयका प्रधानाध्यापक नारायण पौडेल, सहायक प्रअ संञ्जिव श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।