दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित बराही आँखा सामुदायीक बनमा बतासे दुलो छ । परापूर्व कालमा यहि दुलो हुदै ढोरबाराही सम्म पुगिने यस क्षेत्रका स्थानीय बताउछन् । तर अहिले करिब १० मिटर पछि सबै बाटो बन्द भएको छ ।
स्थानीय एक वृद्ध बताउछन््–‘परार्पूव कालमा बतासे दुलोमा विरालु अगाडी लगाएर कुकुरलाई पछाडीबाट धपाएर पठाउदाँ कुकुर र विरालो दुबै ढोरबाराही मन्दिर छेउमा निस्केको किम्बदन्ती छ । निरन्तर यहि दुलोबाट चिसो हावा अउने हुदाँ यसलाई बतासे गुफ पनि भनिन्थ्यो ।´
पर्यटनको प्रचुर सम्भावना रहेको क्षेत्रको प्रचारप्रसारका लागि सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियान, लियो क्लब अफ खैरेनी–दुलेगौंडा सिटी र स्थानीयहरुले गुफा सम्मको क्षेत्रमा सरसफाई गरेका छन् ।
केही तस्बिरहरू ।।