स्याङ्जा ।स्याङ्जा र तनहुँको भुभागमा हुने चौथो संस्करणको ‘क्रसकन्ट्री दौड प्रतियोगिता’ पुस ७ गते पुतलीबजार नगरपालिका ९ कोल्माको बराहचौरमा सुरु हुदै छ । उक्त प्रतियोगिता सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको हो ।
क्रस कन्ट्रि दौडमा खुल्लातर्फ २५ किलोमिटर, एक्काइस बर्षमुनिकाका लागि खुल्लातर्फ नै १० किलोमीटर र महिलाका लागि मात्र ५ किलोमीटरगरी ३ बिधाका दौड प्रतियोगिता हुनेभएको छ।
२५ किलोमिटरतर्फ प्रथम हुनेले ५० हजार, द्धितिय हुनेले ४० हजार, तृतीय हुनेले ३० हजार सहित ट्रफी र मेडल पाउनेछन । यसैगरी, १० किलोमीटरतर्फ प्रथम, द्धितिय र तृतीय हुनेले क्रमश २० हजार, १५ हजार र १० हजार नगद सहित ट्रफी र मेडल पाउनेछन्। महिलातर्फको ५ किलोमीटरतर्फ प्रथमले १५ हजार, द्धितियले १० हजार र तृतीयले ५ हजार नगद पाउने छन् ।
कोल्मा बराहचौरदेखि सुरु गरिने दौड प्रतियोगिता काउँले — बहाकोट — राङभाङ डाँडा स्वारा — नाम्चे — काल्खु — राईपुर — ओरष्टे भन्ज्याङ् हुदैं पुनः कोल्मा सम्मको लागि रुट तय गरिएको छ।
वैदेशीक रोजगारीमा रहेका युवा शक्तिलाई स्वदेश फर्काएर पर्यटकीय क्षेत्रको प्रर्वद्धन र विकासमा टेवा पु¥याउनुका साथै राष्ट्रिय स्तरका धावक खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको मुल आयोजक समितिका संयोजक जितबहादुर गुरुङले बताए ।
यसअघिका भएका प्रतियोगिताले कोल्माकोट, राईपुरकोट, आलेथुङ, राईपुरको जन्तिढुङ्ग हेर्न जानेको संख्या बढ्नुका साथै गाउफर्क अभियान सुरु भएको मञ्चका महासचिव जीवन पोख्रेलले बताए ।
गतबर्ष भएको २० किलोमिटरको क्रस कन्ट्रि दौड प्रतियोगितामा पर्वतका अनिश थापा मगर प्रथम, खोटाङका देवराज बस्नेत द्धितीय र ओखलढुङ्गाका सुबास कार्की तृतीय भएका थिए । यसैगरि १० किलोमिटरको क्रस कन्ट्रि दौड प्रतियोगितामा गोर्खाका सन्दिप ढकाल प्रथम, गोर्खाका दिनेश बोगटी द्धितीय र रुकुमका मनोज रोक्का मगर तृतीय भएका थिए ।