दमौली । ३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा दमौलीमा भएको हाजिरिजवाफ प्रतियोगितामा कर्मचारी समुह प्रथम र पत्रकार समुह द्धितीय भएको छ ।
सामाजिक विकास कार्यालय तनहुँले आयोजना गरेको प्रतियोगितामा ३० अंक सहित कर्मचारी समुह प्रथम भएको हो । अन्तिम चरणसम्म आउदा कर्मचारी र पत्रकारको समान २८/२८ अंक रहेपछि थप ३ प्रश्नमा कर्मचारीले २ प्रशनको सहि जवाफ दिन सके भने पत्रकार समुहले कुनै पनि प्रश्नको जवाफ मिलाउन नसक्दा द्धितीय हुन परेको थियो । यसैगरि प्रतियोगितामा शिक्षक समुह भने २३ अंक सहित तृतीय भएको छ ।
प्रथम भएको कर्मचारीको समूहले नगद दश हजार, द्वितीय भएको पत्रकारको समूहले नगद सात हजार नगद प्राप्त गरेको थियो । विजेता समुहले भने प्राप्त रकम अपाङताको क्षेत्रमा नै खर्च गर्न आग्रह गर्दै आयोजकलाई नै हस्तान्तरण गरेको थियो ।