तनहुँ । शिक्षक सेवा आयोगले लिएको निम्न माध्यमिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षामा ९१ प्रतिशत फेल भएका छन् ।
कात्तिक १८ गते लिइएको परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरिएको थियो । उक्त परिक्षामा ९ प्रतिशत मात्रै पास भएको आयोगले जनाएको छ ।
निमावि तह लाइसेन्सका लागि देशभरबाट १ लाख ५१ हजार १२ परीक्षार्थीले परीक्षा दिएका थिए। जसमा जम्मा १३ हजार ७ जना पास भएको रेग्मीको भनाइ छ।