दुलेगौंडा । शुक्लागण्डकी मगर संघले शुक्लागण्डकी नगरपालिका-२ पिपलटारका नर बहादुर थापाको उपचारकाे लागि ३५ हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ ।
गतबर्ष साउन २७ गते घरमा नै लडेर घाइते भएका मगरकाे मेरुदण्डमा चाेट पुगि नसाले काम नगरेपछि उनी पाेखरा स्थित हरियाेखर्क अस्पताल उपचारत अवस्थामा रहेका थिए । आर्थिक अवस्था कमजोर भएसंगै उनी विगत ६ महिनादेखि घरमा नै बस्न बाध्य छन् ।
थापाकाे उपचारकाे लागि मगर संघले यसअघि १५ हजार रूपैयाँ सहयाेग गरेको थियाे । आर्थिक अवस्था कमजोर भएका कारण मगरका श्रीमती विष्णु मगरले उपचारका निम्ति आर्थिक सहयाेग गरिदिन अपिल गरेकी छिन् ।
संघका अध्यक्ष अम्बर राज थापा, सदस्यहरू सुमन आले, विष्णु राना सफल आले लगायतका टिमले उक्त रकम घाइते मगरका श्रीमतीलाई हस्तान्तरण गरेका थिए ।