दुलेगौंडा । नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा तनहुँले बेलचाैतारामा डेंगी सम्बन्धि सचेतनामूलक कार्यक्रम गरेको छ । शाखाले शुक्लागण्डकी, घिरिङ्ग र भिमादका स्वास्थ्यकर्मी र रेडक्रस साेसाइटी शाखाका सभापतिहरूलाइ अभिमुखिकरण गराएको थियाे ।
अधिकांश नागरिकलाई डेंगीकाे बारेमा जानकारी भएता पनि हेलचक्राइ गर्दा डेंगी संक्रमण बढी भएको नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा तनहुँका सभापति प्राध्यापक डा.कृष्णप्रसाद गाैतमले बताए । `हामी धेरैजसाेलाइ डेंगी के हाेे थाहा छ । तर, हामी सतर्क हुन नसक्दा डेंगी भईरहेकाे छ´ उनले भन् `डेंगीकाे उपचार भनेकै ज्ञान लिनु र व्यवहारमा प्रयाेग गर्नु हाे ।´
एडिज जातिको लाम्खुट्टेकाे टाेकाइबाट लाग्ने डेंगी राेगबाट तनहुँमा हालसम्म ७१३३ जना संक्रमित भएको र ६ जनाकाे मृत्यु भएको दमाैलि अस्पतालका मेडिकल अधिकृत डा.सुमन श्रेष्ठले बताए । उनका अनुसार तनहुँकाे व्यासमा अधिक मात्रामा संक्रमितकाे संख्या बढी भएको बताए । साथै शुक्लागण्डकीमा पनि संक्रमितकाे संख्या बढ्दाे क्रममा रहेकाे उनकाे भनाइ छ । डेंगीबाट बच्न पानी जम्मा हुने खाल्डाखुल्डी पुर्ने, लाम्खुट्टे भगाउने धुप बाल्ने, शरीर ढाक्ने लुगा लगाउने र शंका लागेमा स्वास्थ्य संस्थामा जाने कार्य गर्नुपर्ने बताए । गर्मी समयकाे तुलनामा जाडाे महिनामा संक्रमण फैलावट कम हुने श्रेष्ठले बताए ।