दुलेगौंडा । सनातन धर्मावलम्बीले तुलसीको विशेष पुजापाठ गरी हरिबोधिनी एकादशीका दिन मनाउँछन्। यसलाई ठूलो एकादशी पनि भनिन्छ । हरेक बर्ष शुक्लागण्डकी–४ र ८ को संगम स्थल पुल्चोकमा यहि एकादशीका दिन फूल तार्ने मेला लाग्छ । यसबर्ष पछि हरिबोधिनी एकादशीका दिन पुलचोकमा ५ वटा फूल तारिएको छ ।
जसमा कवासेको आदर्श टोल, पुन समाज, गाछेपानी, बासपानी राईपुर, अन्नपूर्ण टोल लालीम र शुक्ला हिलेटार शिवालय मन्दिरले फूल तारेको संस्थाका अध्यक्ष परर्शुराम शर्मा भण्डारीले बताए ।
शुकलागण्डकीको मुटुको रुपमा रहेको हिलेटार क्षेत्रको विकास आध्यात्मीक र धार्मीक तरिकाले गर्न आवश्यक रहेको बताए । ‘नेपालको आफ्नै संस्कृतिक पहिचानको अन्त्य भईरहेको छ । संस्कृतिक शानको अन्त्य भईरहेको छ । शुक्लागण्डकीको मुटु शुक्ला हिलेटार क्षेत्रलाई हाम्रो सान, हाम्रो पहिचान बनाउने हो भने आध्यात्मीक तथा धार्मीक तरिकाले यसको विकास गर्नु पर्छ‘ उनले भने ।