दुलेगौंडा । आदर्श विद्या मन्टेश्वरी बिधालय शुक्लागण्डकी ८ ले हरिबोधनी एकादशिको अवसरमा शुक्लागण्डकी ८ हिलेटारमा रहेको दुग्धेश्वर शिवालय मन्दिरको व्यवस्थापन कार्यमा सहयोग पुग्ने हेतुले बिधालयको साना नानिबाबुहरुको तिहार विशेष कार्यक्रम अन्तर्गत खेलिएको देउसी भैली कार्यक्रम अन्तर्गत दान स्वरूप जम्मा भएको केही रकम मध्यबाट १५ हजार मन्टेश्वरीका प्रीन्सिपल मौसमी शाह सेन, निर्देशक बिपिन्द्र सेन ठकुरी , शिक्षक कर्मचारी र बिद्यार्थीहरुले संयुक्त रुपमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भण्डारीलाई हस्तान्तरण गरेको छ।
गत बर्ष पनि देउसी भैलो कार्यक्रम अन्तर्गत जम्मा भएको रकम मध्यबाट शुक्लागण्डकी २, गाछेपानीमा रहेको च्यवनधाममा रहनुभएका जेष्ठ नागरिकहरुलाइ खाद्यान्न , फलफूल र न्यानो कपडा वितरण गरिएको निर्देशक बिपिन्द्र सेन ले जानकारी गराए । साना साना बिद्यार्थीहरुलाइ सामाजिक सेवा पनि असल नागरिकको कर्तव्य हो भन्ने बोध गराउने उद्देश्यले सहयोग गरेको सेनले जानकारी गराए ।