दुलेगौंडा । तनहुँको शुक्लागडकी नगरपालिका–१० साँखेमा रहेको ढोर फूलबारी शहिद अस्पतालमा भिडियो एक्से सेवा सुरु हुने भएको छ । प्रदेश आपूर्ती विभागको आर्थिक सहयोगमा नगरपालिकाले अस्पताललाई भिडियो एक्से(अल्ट्रासाउण्ड मिसिन) हस्तान्तरण गरेसंगै भिडियो एक्सरे सुविधा थप भएको हो ।
ग्रामीण क्षेत्रमा रहेका गर्भवती महिलाको पेटमा रहको बच्चाको अवस्था जाँच गर्न सहज होस भन्ने हेतुले भिडियो एक्स रे मिसिन हस्तान्तरण गरिएको नगरप्रमुख कृष्णराज पण्डितले बताए । साथै उनले अस्पतालमा हरेक सेवा सुविधा रहेको हुदाँ विश्वस्त भएर उपचार गर्न आउन आग्रह गरे । ‘अस्पतालप्रति जनताको विश्वास कम भएको महसुस भएको छ । हामीले अस्पतालमा आवश्यक सबै पूर्वाधार तयार गरेका छौं । विश्वास गरेर अस्पतालमा आएर सेवा लिन अनुरोध गर्दछु’ उनले भने ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिबि मगरले भिडियो एक्स रे मिसिन तालिका बनाएर १२ वटै वडाका स्वास्थ्य संस्थामा पु¥याउने बताए । नगरपालिकाका मेयर पण्डित, उपमेयर खुमबहादुर विक(राजु), वडाध्यक्ष शालिकराम भट्टराईले अस्पताल प्रमुख प्रतिक्षा आलेलाई भिडियो एक्सर मिसिन हस्तान्तरण गरेको थिए ।