दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा रहेको शिलादेवी युवा क्लब (भैलो समुह) ले तिहारमा देउसी भैलोबाट संकलित दान रकम मध्यबाट विरामीलाई आर्थिक सहयोग गरेको छ ।
दुर्घटनामा परि घाईते भएका पिपलटार निवासी क्लबका पूर्व सदस्य नरबहादुर थापाको उपचारको लागि ५ हजार रुपैयाँ सहयोग गरेको छ । थापा डेढ बर्ष अगाडी रुखबाट लडेर अशक्त अवस्थामा रहेका छन् । आर्थिक अवस्था कमजोर रहेकै कारण उनि हाल घरमा नै बस्न बाध्य रहेका छन् । क्लबका सदस्यहरुले थापाको उपचारको लागि थप सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
यसैगरि क्लबले दुबै मिर्गाैला फेल भएर हाल डायलाइसिस गरिरहेका शिब बहादुर रानाको उपचारको लागि ५ हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ ।
क्लबको भैलो समुहले खेलमैदान वरीपरि वृक्षारोपण गर्नुका साथै खेलकुद साम्री समेत खरिद गरेको छ ।