दुलेगौंडा । धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा स्थापित ढोरबाराही मन्दिर परिसरमा बसेर चित्रकार नगेन सिंह ठकुरीले मन्दिरको चित्र कोरेका छन् । नगेनले नेपालको पर्यटन प्रबद्धनमा टेवा पुग्ने गरी चित्रहरु समावेश गरिएको पुस्तक छाप्ने अभियानमा ढोरबाराही आएका थिए ।
नगेनले २०७१ सालदेखि नेपाली धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा ऐतिहासिक महत्वका पर्यटकीय स्थल तथा गन्तव्य मा पुगी त्यस ठाउँको रमणीय पक्षलाई उजागर गर्ने चित्र कोर्ने गरेका छन् । नगेनले पुस्तकमा नेपालका ७७ जिल्लामा देखेका र सुनेका सम्पूर्ण महत्वपूर्ण ठाउँहरु समावेश गर्ने लक्ष्य राखेका छन् ।
धार्मिक, ऐतीहासिक र प्राकृतिक क्षेत्र समेटीएको पुस्तक प्रकाशन गर्न करिब ३ लाख रुपैया लाग्ने चित्रकार नगेनले बताएका छन् । यस महा अभियानमा सहयोग गर्न उनले अपिल पनि गरेका छन् ।