• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

नेपाल फर्कियो नाट्य टोली

हरि खरेल by हरि खरेल
November 15, 2023
in स्थानीय समाचार
A A
0
नेपाल फर्कियो नाट्य टोली
Share on FacebookShare on TwitterEmail this

२९ कार्तिक, तनहुँ । भारतको उडिसा नाट्यग्राममा आयोजित २३ औँ जननाट्य महोत्सवमा नेपाली नाटक “अभिनद्ध” मञ्चन सकेर नेपाली टोली स्वदेश फर्किएको छ ।

नोभेम्बर ९ देखि १४ सम्म उडिसाको पुरानो नाट्यसंस्था “नाट्य चेतनाले” आयोजना गरेको नाटक महोत्सवमा नेपालबाट तीनवटा नाट्यसंस्थाले संयुक्त रुपमा नाटक “अभिनद्ध” तयार पारेको थिए । तनहुँमा रहेर नाट्यकर्म गरिरहेको #गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च” तनहुँ, #ओजस थिएटर काठमाण्डौ र #आदिइत्यादि काठमाण्डौले संयुक्त रुपमा नाटक तयार पारेका हुन् ।

“संभवत हामी नेपाली नाटकमा नाटकघर चलाउने नाटककै पछिल्लो संस्था हौँ होला । हामीले पहिलोपल्ट विदेशको नाट्य यात्रा गरेको हौँ । फरक अनुभव लिने अवसर मिल्यो र फरकफरक नाट्य संस्थाहरुको सामुहिकताको एउटा प्रयास पनि उपलब्धिमूलक रह्यो भन्ने मेरो ठम्याइ हो” ओजस थिएटरका संचालक एवम् अभिनद्ध नाटकका कलाकार सागर कार्कीले बताए ।

हामी त मोफसलमा बसेर साहित्य र नाटकको क्षेत्रमा बामे सर्दै गरेका हौँ । स्थानिय स्थरमा मात्रै सिमित हाम्रो लागि यो महोत्सव एउट ठूलो अवसर पनि थियो । हामीले नो नाट्य महोत्सवबाट धेरै कुरा सक्निे अवसर पनि प्राप्त गर्यौँ । “गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च” तनहुँका अध्यक्ष एवम् नाटक “अभिनद्ध”का कलाकार आकाश अधिकारीले आफ्नो अनुभव सुनाए ।

फरक फरक ठाउँका कलाकारहरु मिलेर नाटक तयार पार्दा धेरै कुरा सिक्ने अवसर प्राप्त भएको कलाकार सुशीलसिंह ठकुरीले बताए ।

कलाकार उषा केसीले झण्डै २२ बर्ष पछि आफू यसै नाटक मार्फत अभिनयमा फर्किएकाे बताईन् ।

नाटक हेरेर आफ्नो संक्षिप्त प्रतिकृया दिँदै फ्रन्सेली नाटककार तथा नाट्य प्रशिक्षक पथ्रिकले नेपाली टोलीको समसामयिक नाटकले आफ्नो ध्यान खिचेको बताए ।
नाट्य महोत्सवका निर्देशक एवम् नाट्य चेतनाका अध्यक्ष प्रसिद्ध भारतीय नाटककार तथा निर्देशक सुबोध पटनायकले नेपाली नाटक अभिनद्धको मञ्चनले नेपाली नाट्यमञ्चनको शैली र हामीले काम गरिरहेको लोकनाट्य शैलीको आदानप्रदान भएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनहरुमा पनि नेपाली नाट्यसंस्थाहरुसँग सहकार्य गरिने जनाए ।

एकल महिलाले भोग्नु पर्ने समाजिक प्रताडन माथी केन्द्रीत करिब १ घण्टा लामो नाटकको लेखन तथा निर्देशन पुरु लम्सालले गरेका थिए । नाटक अभिनद्धमा सविना गोपाली, रविन तामाङ, आकाश अधिकारी, सागर कार्की, सुशीलसिंह ठकुरी र उषा केसीको अभिनय रहेको थियो । नाटकमा कवि सरस्वती तिमल्सिनाको छ वटा कविता समावेस थियो । नारायण दंगालको संगीत संयोजन रहेको नाटकको सहायक निर्देशन रविन तामाङले गरेका थिए ।

नाटक महोत्सवमा भारतका बिभिन्न राज्य र नेपालको गरेर ११ वटा नाटक मञ्चन भएका थिए । नाटक टोलीलाई कलकत्तामा हाम्रो छहारी नामक संस्थाले स्वागत गरेको थियो । स्वागत कार्यक्रममा कलकत्तामा रहेका नेपाली र नेपालीभाषी साहित्यकार तथा विशिष्ठ ब्यक्तिहरु नारायण हुमागाईँ, सञ्जीव गुरुङ, राजु पाठक, गुञ्ज श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागीता का लागि “मोहन बतास फाउन्डेसन” ले आर्थिक सहयोग प्रदान गरेको थियो।

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.