दुलेगौंडा । सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियानले ईलाका प्रहरी कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । तिहार र एकादशि मेलामा हुन सक्ने विकृति रोक्नका निम्ती अभियानले ध्यानाकर्षण पत्र बुझाएको हो ।
अभियानले तिहारको बेला जनमानसमा प्रत्यक्ष असर पर्ने गरि पटेका पड्काउने, मापसे गरेर राति अबेरसम्म होहल्ला गरि देउसी भैलो खेल्ने, जुवाता खेल्ने कार्यमा कडा निगरानि राख्न ध्यानाकर्षण गराएको छ ।
यसैगरि पुल्चोक, दोभान क्षेत्रमा हरिबोधनि एकादशिका दिन धार्मिक क्षेत्र नजिकै जाँडरक्सि बेच्ने, जुवातास खेल्ने खेलाउने गतिविधि रोक्न अनुरोध गरेको अभियानका संयोजक शंकर पन्तले बताए । चडपर्वको समयमा प्राय चोरीका घटना हुने हुदाँ यसलाई न्यूनिकरण गर्न प्रहरी सचेत हुन आग्रह गरे ।
अभियानले प्रहरीलाई बुझाएको ध्यानाकर्षण पत्र