दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका वडा नं ९ मा रहेको गौ संरक्षण केन्द्रमा गाई तिहारको अवसरमा सामुहिक गौ पुजन गरिएको छ । श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामको आयोजनमा भएको उक्त गौ पुजन तथा गोवर्धन पुजनमा भक्तजनको भिड लागेको हो ।
आम मसर्वसाधारण नागरिकलाई गाईको महत्व बुझाउन गाई तिहारको दिन गौं पुजन आयोजना गरिएको धामका अध्यक्ष अर्जुल लम्सालले बताए । नगरपालिकाबाट व्यवस्थापनको जिम्मेवारी पाएसंगै धामले पहिलो पटक व्यवस्थीत रुपमा सामुहीक गौं पुजन आयोजना गरेको लम्सालले बताए ।
तिहारको वेला हुने गाई पुजाको महत्वलाई बढाउन समेत सामुहिक गौ पुजन उत्सव गरिएको गौ संरक्षण केन्द्र व्यवस्थापन उप समितिका सदस्य एर्व अभियन्ता ऋतु भुवाईले वताउनु भयो ।
पछिल्लो समय गौं संरक्षण केन्द्रको व्यवस्थापनमा आम सर्वसाधारण नागरिकले विशेष चासो दिएका छन् । सुशासन र समृद्ध शुकलागण्डकी निर्माणका लागि युवा अभियानले गौं संरक्षण केन्द्रम वृहत सरसफाई तथा घाँस रोपण कार्यक्रम गरेसंगै हाल पशु आहारा व्यवस्थापनमा समेत ठूलो राहत मिलेको छ ।
नगरपालिकाले ४ बर्ष अगाडी नै छाडा गाई वस्तुलाई व्यवस्थापन गर्न गौं संरक्षण केन्द्र स्थापना गरेको थियो । तर, नगरले उचित व्यवस्थापन गर्न नसकेपछि २०८० साल असार महिनामा नगरपालिकाले व्यवस्थापनको जिम्मेवारी च्यवन धामलाई दिएको थियो । हाल गौं संरक्षण केन्द्र पनि धार्मिक स्थलको रुपमा विकास परिचित हुन थालेको छ ।