दुलेगौँडा । नेपाली काँग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले जनताको मनजित्ने गरी सरकारले काम गर्नुपर्ने बताएका छन् । शनिबार नेपाली काँग्रेस क्षेत्र नं–२ तनहुँको आयोजनामा शुक्लागण्डकी–५, बेलचौतरामा आयोजित श्रद्धानजलि कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।
नेता पौडेलले पार्टी लोकप्रिय भयो भने चुनाव सहजै जितिने भन्दै सत्तामा भएका पार्टीले जनमुखि काम गर्नै पर्नेमा जोड दिए । उनले विज्ञहरुसंग परामर्श लिएर भएपनि सरकारमा गएकाहरुले राम्रा र सम्झन लायक काम गर्नै पर्ने बताए । अन्यथा, आगामी चुनावमा जति वटा पार्टीसंग मिले पनि चुनाव नजितिने उनको भनाई थियो ।
नेपाली काँग्रेस क्षेत्र नं–२ तनहुँको सभापतित्वमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका अर्थमन्त्री जीतप्रकाश आले, शुक्लागण्डकी नगरपालिकाका पूर्व मेयर किसान गुरुङ, व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौंपाने, रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।