दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा पहिलो पटक चर्चित कवि नवराज पराजुलीको कविता कन्सर्ट हुने भएको छ । शुक्ला साहित्य संगम तनहुँ र समृद्ध शुक्लागण्डकीकालागि युवा अभियानको सहआयोजन र शुक्लागण्डकी सरोकार मञ्चको आयोजनामा कविता कन्र्सट हुन लागेको हो ।
मानिसलाई सामाजिकीकरण गराउन र मानिसमा मानवताको भाव पैदा गराउन साहित्यको महत्वपूर्ण भुमिका रहने हुदाँ कविता कन्र्सट गर्न लागिएको शुक्लागण्डकी सरोकार मञ्चका अध्यक्ष सुरेस पौडेलले बताए । ‘पराजुलिका कविता प्राय सम्बन्ध संग सम्बन्धीत रहेको छ । जुन सम्बन्ध समाजमा विस्तारै हराउदै गईरहेको छ । साहित्यले मानिसमा रसात्मक भाव पैदा गर्ने हुदाँ हामीले नवराज पराजुलिलाई लिएर कन्सर्ट गर्न लागेका हौं’ उनले भने ।
तनहुँ जिल्लामा नै पहिलो पटक ओजिलो साहितिक कार्यक्रम गर्न पाउदाँ आफुहरु हर्षित रहेको शुक्ला साहित्य संगम तनहुँका पूर्व अध्यक्ष नारायण श्रेष्ठले बताए ।
कवि पराजुलिले आफु कार्तिक १८ गते कविता सुनाउन तनहुँ आउन लागेको हुदाँ सम्पूर्णलाई उपस्थितीका लागि अनुरोध पनि गरेका छन् ।
कविता कार्तिक १८ गते दुलेगौंडा स्थिती ह्वाईट हाउस पार्टी प्यालेसमा दिउसो २ बजेदेखि सुरु हुदै छ । कार्यक्रम हेर्ने दर्शकका लागि ३ सय रुपैयाको टिकट व्यवस्था गरिएको आयोजकले जनाईएको छ ।