दुलेगौंडा । ढाेरेली सेवा समाज काठमाडौंले शुक्लागण्डकी नगरपालिका-१० लाम्पाटाकी यामकुमारी भुजेलकाे उपचारको लागि आर्थिक सहयाेग गरेको छ ।
शारीरिक रूपमा अचेत भई बेहाेस भएपछि भुजेल गत असाेज ५ गतेदेखि जीपि काेइराला राष्ट्रिय स्वास प्रस्वास उपचार केन्द्रमा उपचारत अवस्थामा रहेकी छिन् । लामाे समयदेखि अस्पतालमा उपचारत अवस्थामा रहदा आर्थिक अभाव भएका कारण समाजले भुजेलकाे उपचारकाे लागि २८ हजार रूपैयाँ आर्थिक सहयाेग गरेकाे समाजका अध्यक्ष मधुसूदन सिग्देल बताए ।
यामकुमारीका श्रीमान युद्ध बहादुर भुजेलका अनुसार असाेज २ गतेदेखि यामकुमारीलाई टाउकाे दुख्न सुरू भएको थियाे । त्यसपछि मानसिक रूपमा असर परि बेहाेस भएकी थिइन । उपचार गर्दै जादा पारिवारकाे आर्थिक अवस्था कमजोर भएकाे हुदाँ थप उपचारको लागि सहयाेगकाे अपिल गरेका छन् ।
शुक्लागण्डकी नगरपालिका-१० का वडाध्यक्ष राजेन्द्र भट्टराईले भुजेलकाे उपचारका लागि सहयाेग उठाउन आफुहरू पनि लागि परेको बताए ।
अस्पताललकाे अनुसार भुजेललाई मेनिन्जाे -ईन्साेफ्लाइटिस भएको छ । हाल बिरामीको अवस्थामा सुधार हुँदै गएको छ ।