दुलेगौंडा । गण्डकी प्रदेश स्तरीय हस्तलेखन प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका-६ मा रहेको माउन्ट अन्नपूर्ण बाेर्डिङ्ग स्कुलकी स्नेहा अधिकारी सान्त्वना भएकी छिन् । अधिकारी गण्डकी प्रदेश भित्र रहेकाे ९-१२ कक्षा सम्मका विद्यार्थी बिच भएको प्रतियोगिताबाट सान्त्वना भएकी हुन् ।
सान्त्वना भएसंगै अधिकारीले नगद पुरस्कार सहित ट्रफी हात पारेकी छिन् । अधिकारी हाल कक्षा ९ मा अध्यनरत अवस्थामा रहेकी छिन् ।
कसमस एजुकेसन ट्रेनिङ रिसर्च सेन्टरले आयाेजना गरेको उक्त प्रतियोगितामा कुम्दिनी हाेम्सका मानवी तिवारी प्रथम, हिमचुलि बाेर्डिङ्ग स्कुलकि एसिका तामाङ द्धितीय रअर्जुन चाैपारी चिल्ड्रेन एकेडेमीकि अनुसा केसी तृतीय भएका छन् ।
प्रतियोगितामा गण्डकी प्रदेश भित्रका तीन सय बढी विद्यालयका विद्यार्थीहरू सहभागी रहेका थिए । विद्यार्थीमा रहेकाे हस्तलेखन सिपकाे विकास र विस्तारका लागि प्रतियोगिता आयाेजना भएको आयाेजक कमिटीले जनाएको छ ।