दुलेगौंडा । आर्थिक बर्ष २०७९/८० मा तनहुँ जिल्लामा १५४ अपराध सम्बन्धि घटना दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जिल्लामा सबैभन्दा बढी लागुओैषध सम्बन्धि अपराध भएको छ । उक्त आर्थिक बर्षमा ५५ वटा लागू ओैषध सम्बन्धि अपराध भएको छ । यसैगरी ४१ वटा चाेरी सम्बन्धि अपराध, २५ वटा जबरजस्ती करणी अपराध, ११ वटा कर्तव्य ज्यान अपराध, ११ वटा ज्यान मार्ने उद्योग अपराध, ६ वटा ठगी र ५ वटा जुवा सम्बन्धि अपराध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।