दुलेगौंडा । पृथ्वीराजमार्गको मुग्लीन–कोत्रे सडक खण्डमा यात्रा गर्दा यात्रुले सास्ती खेप्नु बाध्य छन् । सडक विस्तारको लागि यस क्षेत्रमा हाल निर्माण कार्य भईरहेको छ । सडकमा रहेका हजारौ खाल्डाखुल्डी, त्यहि सडकमा पानी पर्दा हुने हिलो र घाम लाग्दा उड्ने धुलेका कारण यात्रुहरुको यात्रा कष्टकर बनेको छ ।
चाडपर्व नजिकिदै गर्दा यात्रुको यात्रालाई सहज बनाउन तत्काल मर्मत गरिने भएको छ । स्तरोन्नति र निर्माणका लागि भत्काइएका व्यस्त राजमार्ग सवारी साधन सञ्चालनका लागि सहज हुने गरी मर्मत गरिने यातायात व्यवस्था विभागकाका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए ।
विभागका अनुसार पूर्व–पश्चिम राष्ट्रिय राजमार्ग अन्तर्गत कावासोती, चोरमारा, दाउन्ने सडक खण्ड र पोखरा–मुग्लिन सडक खण्ड अन्तर्गत कोत्रेबाट २१ किमि काठमाडौंतर्फको सडक सवारी साधन सञ्चालन गर्न सहज हुने हिसावले सडक विभागबाट तत्काल सडक मर्मत कार्य गर्नुपर्ने निर्णय भएको छ । सोही निर्णय अनुसार हाल मर्मत कार्य भईरहेको छ ।