ऋषिङ्ग । ११ औं राष्ट्रिय बिज्ञान दिवसको अवसरमा भएको ऋषिङ गाउँपालिका स्तरीय विज्ञान सामग्री प्रदर्शनी कार्यक्रममा शिव सरस्वती माध्यमिक विद्यालय सर्वोत्कृष्ट भएको छ । सर्वोत्कृष्ट भएसंगै विद्यालयबाट सहभागि विद्यार्थीले नगद ३ हजार ५ सय साथमा प्रमाण पत्र प्राप्त गरेका छन् ।
यसैगरि प्रतियोगितामा महेन्द्रदय माध्यमिक विद्यालय द्धितीय र श्ुक्ला माध्यमिक विद्यालय तृतीय भएको छ । प्रतियोगितामा द्धितीय र तृतीय हुने विदालयका विद्यार्थीले क्रमश २ हजार, १ हजार साथमा प्रमाण पत्र प्राप्त गरेका छन् ।
ऋषिङ गाउँपालिका र क्याम्पसको संयुक्त आयोजनामा भएको कार्यक्रममा विज्ञान सामग्री प्रदर्शनी सहित चित्रकाला प्रतियोगिता र वक्तत्वकला प्रतियोगिता पनि भएको थियो । बत्तृत्वकला तर्फ सरस्वती आधारभुत विद्यालय र चित्रकला प्रतियोगिता दिपक मा.बिले सर्बोत्कृष्टता स्थान हासिल गरेको छ ।
कार्यक्रममा बोल्दै ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भौतिक र सामाजिक बिकास सँगै प्रविधिको क्षेत्रमा संसारले मारेको फड्कोलाई आत्मसात गर्दै ऋषिङ्ग गाउँपालिकाले पनि बिज्ञान तथा प्रबिधिको क्षेत्रमा विकासको अभियान थाल्ने बताए ।
क्याम्पसका अध्यक्ष बुद्धिमान श्रेष्ठको सभापतित्वमा संचालित कार्यक्रममा ऋषिङ्ग गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापा, प्रमुख प्रशासकिय अधिकृत चीन बहादुर रानाभाट, आदिकबी भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले, क्याम्पस संचालक समिती सदस्य मोहन गिरि, शिव सरस्वती मा.बिका अध्यक्ष दान बहादुर श्रेष्ठ लगातले शुभकामना मन्तब्य राखेका थिए भने शान्ती मा.वि.का प्रधानाध्यापक ऋषिराम रानाभाटले कार्यक्रम संचालन गरेका थिए ।