दुलेगौंडा । बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्थाले चौंथो बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभालाई सम्बोधन गर्दै शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले सेयर सदस्यहरुलाई सहज र सर्वशुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने पवित्र उद्देश्य बोकेको सहकारीले छोटो समयमै शुक्लागण्डकी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए । आगामी दिनमा सहकारीले आफ्नै फार्मेसी स्थापना गरि स्वास्थ्य सेवा दिने प्रयत्न गरेको खण्डमा नगरले आवश्यक सहयोग र सहकार्य गर्ने बताए ।
सहकारीका सचिव बिष्णु प्रसाद अर्यालका अनुसार सहकारीले सेयर सदस्यलाई स्वास्थ्य कार्ड उपलब्ध गराई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध गराएको छ । हालसम्म २८३ जनाले स्वास्थ्य सहुलियत कार्ड लिएका छन् भने २९ जना दैनिक औषधि सेवनकर्ता रहेका छन् । सहकारिमा कुल ३३७ जना शेयर सदस्य रहेको जानकारी दिए ।
त्यस्तै कोषाध्यक्ष शारदा भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको शेयर पुँजी रु.३ करोड ४ लाख ६३ हजार पुगेको जानकारी गराइन् । उनका अनुसार रु. ३ करोड ९८ लाख ६ हजार बचत संकलन गरी रु.६ करोड ५४ लाख १४ हजार २७० कर्जा प्रवाह गरेको छ ।
सहकारीले बार्षिकोत्सवको अवसरमा उमाकला पौडेललाई उत्कृष्ट बचतकर्ता, सुर्यकुमार श्रेष्ठलाई उत्कृष्ट कारोवारकर्ता, शिव बहादुर बि.कलाई दैनिक औषधि सेवनकर्ता र कृष्ण गुरुङ राना लाई उत्कृष्ट कर्मचारीद्धारा सम्मान गरेको छ ।
सहकारीको अध्यक्ष ज्ञान प्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं–४ का वडाध्यक्ष एवम् संस्थाका सल्लाहकार सदस्य राजकुमार वाग्ले, स्वास्थ्य संयोजक रामचन्द्र भण्डारी, सेयरसदस्यको तर्फबाट उमानाथ पाठक लगायतले बोलेका थिय ।