तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा सुरु हुँदैछ । उक्त अधिवेशनमा तनहुँ जिल्लाबाट ८२ जना प्रतिनिधि सहभागि हुदै छन् ।
देश संघीयतामा गएपछि पहिलो पटक हुन लागेको एमाले गण्डकी अधिवेशनमा ११ जिल्लाका ९ सय ७ जना प्रतिनिधि सहभागि हुदै छन् । जहाँ तनहुँबाट ८२ जना सहित कास्कीबाट १ सय ४६, स्याङ्जाबाट १ सय १३, गोरखाबाट ५३, बागलुङबाट ७२, पर्वतबाट १ सय १०, नवलपुरबाट १ सय ९, मुस्ताङबाट १६, लमजुङबाट ६५, मनाङबाट १४, म्याग्दीबाट ४२ र जनसंगठनबाट ८६ जना प्रतिनिधिका रुपमा सहभागी हुर्दै छन् ।
एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनका लागी शुक्लागण्डकी नगरपालिकाबाट १८ प्रतिनिधीको सहभागि हुदै छन् ।
अधिवेशनको उद्घाटन एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । एमाले गण्डकीको अधिवेशनमा प्यानल बनाउन बन्देज लगाइएको छ । प्यानल बन्ने सम्भावित अवस्थालाई मध्यनजर राखेर नेतृत्वले प्यानल बनाउन बन्देज लगाएको हो । गण्डकीमा पूर्व मुख्यमन्त्री द्वय पृथ्वी सुब्बा गुरुङ (पिएस) र खगराज अधिकारी (केआर) को दुई समूह छ ।