दुलेगौंडा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर २ मा १२ जनाले मनाेनयन दर्ता गरेका छन् ।
मनाेनयन दर्ता गर्नेमा रास्वपाबाट इ.श्रीराम न्यौपाने, नेपाली कांग्रेसबाट शंकर भण्डारी, नेकपा एमालेबाट केदार सिग्देल, नेकपाबाट साेम बहादुर थापा, राप्रपाबाट यमबहादुर ठकुरीले उम्मद्वारी दिएका छन् ।
यसै राष्ट्रिय जनमुक्ति पार्टीबाट लालबहादुर सार्की, नेपाल जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगाेल नेशन अर्गनाइजेसनबाट सुष्मा आले, नेशनल रिपब्लिक नेपालबाट नमबहादुर राना, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मण अधिकारी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट गणेश बहादुर लाम्गादेले उम्मद्वारी दिएको निर्वाचन अधिकृत भेषराज पाैडेलले बताए ।













