दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका र कर्णाली प्रदेशका ५ पालिका बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाकाे सेवा प्रवाह केन्द्र सम्बन्धि कार्यकाे अनुसरण गर्नका निम्ति तिला गाउँपालिका (जुम्ला), शाेरू गाउँपालिका (मुगु), दुल्लु नगरपालिका (दैलेख), चाैजाहारी गाउँपालिका (रूकुम पश्चिम) र पञ्चपुरी नगरपालिका (सुर्खेत) का गाउपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका मेयर, उप प्रमुख साथै प्रमुख प्रशासकीय अधिकृतकाे टाेलि नगरपालिकामा आएका थिए ।
यु.एन्. डि. पि मातहतमा रहेको युराेपेली संघ समावेश संघियता सहयाेग परियाेजनाकाे प्राविधिक सहयाेग र कर्णाली प्रदेश सरकारकाे आयाेजनामा उक्त अन्तरक्रिया कार्यक्रम भएको हाे । कर्णाली प्रदेशका ५ पालिकालाइ नमुना पालिका बनाउने अवधारणा अनुसार अन्तरक्रिया कार्यक्रम गरिएको परियोजनाका सञ्चार अधिकृत माेहन खड्काले बताए । उनका अनुसार नमुना पालिका बनाउनका निम्ति ८० सुचत तयार गरिएकाे छ । उक्त सुचक पूरा गर्नका निम्ति उत्कृष्ट पालिकासंग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको बताए ।
हालसम्म कर्णालीका यी ५ पालिकाले तिलाेत्तमा नगरपालिका, वालिङ नगरपालिका र फेदिखाेला गाउँपालिकामा अन्तरक्रिया कार्य गरिसकेको छ ।
सो कार्यक्रममा शुक्लागण्डकी नगरपालिकामा सञ्चालन रहेका सेवा सुविधा, त्यसमा रहेका चुनाैती र समाधान, नगर पालिकाले गरेको नयाँ काम, नीति सोचका बारेमा नगर प्रमुख कृष्णराज पण्डितले बताए । कार्यक्रममा नगरपालिकाको तर्फबाट सेवा प्रवाह केन्द्र, योजना सन्चालन प्रक्रिया लगाएतका बिषयमा आर्थिक बिकास शाखा प्रमुख नबराज पण्डितले जानकारी गराएका थिए भने शिक्षा शाखा प्रमुख नवराज चापागाई, सामाजिक विकास शाखा प्रमुख हिमा पाेख्रेल, जनस्वास्थ्य निरिक्षक नबराज गाैतम लगायतले सहभागीले सोधेको प्रश्नको बारेमा जानकारी गराएका थिए