दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहेकाे लियाे क्लब अफ खैरेनीटार-दुलेगौंडा मन्त्रले डेंगु सम्बन्धि सचेतना कार्यक्रम गरेकाे छ । शुक्रबार सूर्यदय आवसिय माध्यमिक विद्यालय, भुरूङ्गेमा अध्ययन गर्ने विद्यार्थीलाई क्लबले डेंगु सम्बन्धि जनचेतना फैलाएको हाे ।
पछिल्लो समय डेंगुका विरामी बढ्दै जान थालेपछि क्लबले सचेतना कार्यक्रम गरेको क्लबका अध्यक्ष निरञ्जन श्रेष्ठले बताए । `अहिले डेंगुकाे संक्रमण बढ्दै जादाँ हामीले सचेतना कार्यक्रम गरेका हाै । विद्यार्थीलाई यश विषयमा सचेत गराउदा घरपरिवारमा पनि उनिहरूले बुझाउने हुदाँ परिवार पनि सचेत हुन्छ । यसले केही हदसम्म डेंगु संक्रमण नियन्त्रणमा सहयाेग पुर्याउछ´ उनले भने ।
फार्मेसीस सिवानी पाेख्रेल र नर्स एलिसा थापाले विद्यार्थीहरूलाई डेंगु के हाे, डेंगु हुदाँ कस्ता लक्षण देखा पर्छ? कसरी बच्न सकिन्छ ? डेंगु भईहालेमा के गर्ने लगायतका विषयमा जानकारी दिएका थिए ।
क्लबका अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनु आले, विद्यालयका शिक्षक जनार्दन दाहाल लगायतको उपस्थिति रहेको थियाे भने क्लबका स्वास्थ्य संयाेजक एलिसा थापाले कार्यक्रम सञ्चालन गरेकी थिईन ।