दुलेगौंडा । पछिल्लो समय अस्पतालमा डेंगु संक्रमित विरामीको संख्या बढ्दो क्रममा रहेको छ । एडिज जातको लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगबाट हालसम्म शुक्लागण्डकीमा ७४ जनामा डेंगु पुष्टि भईसकेको छ ।
शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिवि मगरका अनुसार संक्रमण पुष्टि भएका धेरै विरामीहरु निको भई घर फर्किसकेका छन् । केही विरामीहरु अझैपनि अस्पतालमा नै उपचारत अवस्थामा रहेको मगरले बताए ।
नगरपालिकाले डेंगु नियन्त्रणका लागि विद्यालय, टोल लगायत सार्वजनीक स्थलमा डेंगु खोज र नष्ट गर अभियान सञ्चालन गर्दै आईरहेको बताए । बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, वान्ता हुने, रिगटा लाग्ने, पेट दुख्नु डेंगुको लक्षण रहेको हुदाँ सचेत रहन आग्रह गरे ।
शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले डेंगी संक्रमित विरामीको लागि छुट्टै कक्ष तयार गरेको छ । विरामीको रेखदेख गर्न र संक्रमण फैलावट रोक गर्नका लागि अस्पतालले दश शय्याको डेङ्गु उपचार कक्ष बनाएको अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले बताए ।