दुलेगौंडा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गण्डकी प्रदेशको प्रथम अधिवेशनका लागी शुक्लागण्डकी नगरपालिकाबाट १८ प्रतिनिधीको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
सिफारिस हुनेमा खुल्लातर्फ रामचन्द्र उपाध्याय, श्यामराजा महत, रुद्र पौडेल, हर्क गुरुङ, सुर्य बहादुर गुरुङ, दुर्गा श्रेष्ठ, कमल ढकाल, खिम बहादुर कुमाल, मुक्तिनाथ तिम्सेना र खिम बहादुर महत रहेका छन् । महिलातर्फ फूलमाया वाग्ले, सरस्वती सिग्देल, विष्णुमाया ढकाल, विर्सना श्रेष्ठ र बुद्धिमाया गुरुङ रहेका छन् । दलित पुरुषतर्फ भरत लामगादे, सन्तोष विक र दलित महिलातर्फ ऋतु नेपाली प्रदेश अधिवेशनकालागि सर्वसम्मत सिफारिस भएका हुन् ।
एमालेको गण्डकी प्रदेशको प्रथम अधिवेशन यहि असोज १५ र १६ गते पोखरामा हुदैछ । प्रतिनिधी चयनका लागी हरेक पालिकामा असोज ६ गते मनोनयन दर्ता गर्ने र सर्वसम्मत नभए प्रतिनिधी चयनका लागी ९ गते मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितीले जनाएको छ ।