खैरेनीटार। कपडा फेन्सि तथा कस्मेटिक व्यवसायिक संघ खैरेनीटार शुक्लागण्डकी खैरेनीटार तनहुँको नवौं बार्षिक साधरण सभा म्याग्दे गाउँ पालिका वडा नं. ६ को मुल बराहि मन्दिर परिसरमा संघका अध्यक्ष बर्म कुमार श्रेष्ठ को अध्यक्षतामा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिकाका उप-प्रमुख खुम बहादुर बि.क. (राजु)ले आफ्नो व्यापारको सिमा दायरा भन्दा माथि सोचेर प्रतिस्पर्धा देखावटी भएको कारण अहिलेको बजार बिग्रदै गएको र त्यसको लागी आफु स्वाबलम्बी हुनुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष जोशिला थापाले राखेकी थिईन ।सोही अबसरमा बिशिस्ट अतिथि शुक्लागण्डकी नगरपालिका वडा नं.६ का अध्यक्ष बुद्धि बहादुर थापा, संघका संस्थापक अध्यक्ष एवं शुक्लागण्डकि नगर उद्योग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष समुन्द्र राम श्रेष्ठ , अतिथिहरु शुक्लागण्डकि नगर उद्योग वाणिज्य संघ वडा ब्यवस्थापन समिति वडा नं.७ का सभापति गंगा राम श्रेष्ठ, सल्लाहकारहरु अर्जुन कुमार श्रेष्ठ ज्यु ले शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रमबारे प्रकाश पर्नुको साथै ब्यपारिहरु को समस्या ब्यापार लाई प्रबर्द्धन गर्न जरुरी रहेको कुरा कार्यक्रम का संयोजक हरि तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा संघका कोषाध्यक्ष रमेश बि.क. ले कोषाध्यक्ष को प्रतिबेदन प्रस्तुत गर्नुको साथै महासचिव बुद्धि कुमार श्रेष्ठ (सुबास) ले सचिब को प्रतिबेदन पेस तथा कार्यक्रम संचालन गरेका थिए ।