दुलेगौँडा । शुक्लागण्डकी–५ बेलचौतरामा संघिय बजेटबाट निर्माण गरिएको शुक्लागण्डकी भेटेरीनरी अस्पताल भवनको विहीबार उद्घाटन भएको छ । उक्त भवनको कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुषालले उद्घाटन गरेका हन् ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भुषालले कृषि र पशुपालन नै देश विकासको प्रमुख आधार रहेको बताए । साथै देश अर्थतन्त्रको मेरुदण्ड पनि कृषि रहेको हुदाँ सरकारले कृषि र पशुपलानको क्षेत्रमा लगानी बढाएको बताए । उनले कृषि र पशुपालन मानव स्वास्थ्यसंग जोडीएको हुदाँ सबै सचेत हुन जरुरी रहेको बताए । ‘कृषि र पशुपालन मानव स्वास्थ्य संग जोडीएको छ । हामीले विरामी पशुको मासु खायौ भने हामी नै विरामी पर्दछौ । बिषदी तरकारी खादा पनि मानव स्वास्थ्यमा असर पर्दछ । त्यसैले यसप्रति अलि बढी सचेत हुन पनि आवश्यक छ’ उनले भने ।
यसैरी गण्डकी प्रदेशका कृषि तथा भूूमी ब्यबस्था मन्त्री महेन्द्र ध्वज जिसीले किसानको मर्कामा संघिय सरकारले पनि मलमपट्ट गर्न आवश्यक रहेको बताए । प्रदेश सरकारसंग सानो बजोट रहेको हुदाँ किसानलाई आवश्यक परेको बेला तत्काल समस्या समाधान गर्न असहज रहेको बताए । हामीसंग बजेट पनि थोरै छ, अहिले किसानसंग भेट्न पनि गाह्रो भो, मन्त्री भन्ने शब्द अगाडी राखिदिएको छ, झण्डा राखिदिएको गाडीको सुविधा पनि पाईएको छ, तर किसानको मर्कामा केही गरेर सहानुभुति दिने दुख विसाउने मेसो पनि नमिलेर बढो अफ्ट्यारो भएको छ’ उनले भने ।
शुक्लागण्डकीका मेयर कृष्णराज पण्डितको सभापतित्वमा सम्पनन कार्यक्रममा पशु चिकित्सक बालकुमार श्रेष्ठ,शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र तिवारी, वडाध्यक्ष राजेनद्र भट्टराई क्षेत्री, बुद्धिबहादुर थापा, दीद्धर्घ थापा लगायतको उपस्थिती रहेको थियो भने मुक्ति पौडेलले कार्यक्रम संञ्चालन गरेका थिए ।