दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ साँखेमा निशुल्क दन्त शिविर भईरहेको छ । जर्मनका डाक्टरको प्राविधिक सहयोगमा ढोरफुलबारी शहिद अस्पतालमा उक्त शिविर संञ्चालन भएको अस्पताल प्रमुख प्रतिक्षा आलेले बताईन ।
शिविर आजदेखि ६ गतेसम्म सञ्चालन हुने छ । शिविरमा दाँत सम्बन्धी समस्याको जाँच गर्ने, दाँतको खाली भाग भर्ने, दाँत सफा गर्ने लगायतका कार्य गरिने आलेले बताईा् । यस शिविरमा ग्रामीण क्षेत्रका मात्र नभई नगरका जुनसुकै क्षेत्रमा बसोवास गर्ने व्यक्तिले सेवा लिन सक्ने छन् ।
यसअघि भदौ १४ देखि १६ गतेसम्म शिविर संञ्चालन भएको थियो । उक्त समयमा १०५ जना सेवाग्राहीले सेवा लिएका थिए ।