दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवामा असोज ६ गते बृहत स्वास्थ्य शिविर हुदै छ । शुक्लागण्डकी नगरपालिका ३ नम्बर वडा कार्यलयको आयोजना र फेवासिटी हस्पिटल र अमर पोलिक्निकको प्रविधिक सहयोगमा बृहत स्वास्थ्य शिविर हुन लागेको छ ।
स्वास्थ शिबिरमा बिशेषज्ञ डाक्टर सहित निशुल्क भिडियो एक्सरे सेवा, इसिजी सेवा तथा रगत परीक्षण लगायतका विभिन्न स्वास्थ्य सम्बन्धी समस्या परिक्षण गरि औषधि वितरण गरिने शुक्लागण्डकी–३ का वडाध्यक्ष सचिन भुजेलले बताए ।
उक्त शिबिरमा बरिष्ठ फिजिसियन डा.बुद्धिबहादुर थापाको नेतृत्वमा १६ जना विशेषज्ञ चिकित्सक सहभागी हुने छन् । उक्त शिबिरमा बरिष्ठ ग्याष्टोलोजी डा. सुरेश थापा, बरिष्ठ सर्जन डा. सुरेश रमज पौडेल, बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. चुममाया पुन र पंद्यराज ढुङ्गाना, बरिष्ठ फिजिसियनडा. हरिकृष्ण भण्डारी, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. दिनेशकुमार वि.क र अविनाश के.सी, मुटु तथा छाती रोग विशेषज्ञ डा. कमल कुमाल लगाएतले स्वास्थ्य समस्याको परिक्षण गरि औषधि प्रदान गर्ने छन् ।
शुक्लागण्डकी ३, बन्केवामा रहेको निर्माल आधारभूत विद्यालयमा संचालन हुने उक्त स्वास्थ्य शिबिरमा सहभागी भई सेवा लिनका लागी वडा कार्यालयले सबै नागरिकमा अनुरोध गरेको छ ।