दमाैली । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्थासहित संविधान निर्माण भएको आज ८ वर्ष पूरा भएको छ । २०७२ साल असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा आज बुधबार देशभर विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
आज संविधान दिवसको अवसरमा तनहुँकाे दमौलीमा पनि प्रभातफेरि निकालिएको छ । बिहान दमौलीमा आयोजना गरिएको संविधान दिवससम्बन्धी कार्यक्रममा प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्ले, जिल्ला समन्वय समिति तनहुँका अध्यक्ष शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपाने लगायत सहभागी भएका छन् । दमौलीमा गरिएको प्रभातफेरीमा ब्यानर, प्लेकार्ड सहित जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी सहितको उपस्थिति रहेको थियो ।