दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका ८ नम्बर वडा कार्यालयले आयोजना गरेको टोलस्तरीय रनिङ शिल्डको उपाधि शिवटोल विकास संस्थाले हात पारेको छ ।
पाँच विधामा भएको प्रतियोगितामा शिव टोलले २ विधामा ६ अंक जोडि रनिङ शिल्डको उपाधि हात पारेको हो । जहाँ शिव टोल श्रीमानले श्रीमती बोक्ने दौड र चम्चा गुच्चा दौडमा प्रथम भएको थियो । टोलले रनिङ शिल्डको ट्रफि समथमा नगद २० हजार रूपैयाँ प्राप्त गरेको छ ।
यसैगरी रनिङ शिल्ड प्रतियोगितामा ५ अंक सहित उत्तम टोल द्धितीय र समान ३ /३ अंक सहित अन्नपूर्ण टोल र प्रगति टोल तृतीय भएको छ । द्धितीय र तृतीय हुनेले क्रमशः १५ हजार र १० हजार रूपैयाँ प्राप्त गरेको छ ।
टोलस्तरीय तीज रनिङ शिल्ड प्रतियोगितामा श्रीमती बोकेर दौडिने प्रतियोगिताको, तिजगीत प्रतियोगिता, म्युजिकल चियर प्रतियोगिता, घैटो फुटाइ प्रतियोगिता र चम्चा गुच्चा दौड प्रतियोगिता भएको थियो । प्रतियोगितामा प्रथम हुने टोलले ३ अंक, द्धितीय हुने टोलले २ अंक र तृतीय हुने टोलले १ अंक प्राप्त गरेको थियो ।