दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा सम्पन्न खुल्ला तीजगीत प्रतियोगितामा दुलेगौंडा दिदीबहिनी समुह प्रथम भएका छन् । हरितालिका तिजको अवसरमा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति–४ ले आयोजना गरेको प्रतियोगितामा दिदीबहिनी समुहले सहभागि २३ टोलीलाई पछि पार्दै उपाधि हासिल गरेका हुन् । जित संगै समुहले नगद २५ हजार साथमा प्रमाण पत्र प्राप्त गरेको छ ।
यसैगरि प्रतियोगितामा जेठानी देउरानी मगर आमा समुह, शुक्लागण्डकी–३ द्धितीय, दिदीबहिनी समुह गगनगौँडातृतीय र सिद्धार्थ आमा समुह शुक्लागण्डकी–३ कवासे सान्त्वना भएको छ । प्रतियोगीतामा द्धितीय, तृतीय र सान्त्वना हुनेले क्रमश : १५ हजार, १० हजार, ३ हजार साथमा प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट नृत्यबाट शुक्ला टोल ढोरफिर्दीकी अनु मल्ल र उत्कृष्ट भेषभुषाबाट अरिदेव नेवा पुचः सेवा कोष दुलेगौँडा पुरस्कृत भएको छ । उनिहरुले नगद ३ हजार साथमा मायाको चिनो प्राप्त गरेका छन् ।
वडा व्यवस्थापन समितिका सभापति प्रकाश थापाको अध्यक्षता र पार्वती पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले, वडाध्यक्ष राजकुमार वाग्ले, उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष बसन्त ज्वारचन, ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दुलेगौँडाकी प्रमुख रश्मी खड्का, सचिव बालकृष्ण वि.क लगायतले बोलेका थिए ।