दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा जारी टोलस्तरीय रनिङ शिल्ड प्रतियोगिता अन्र्तगत भएको तीजगीत प्रतियोगिताको फाईनलमा पाँच समुह छनोट भएका छन् । २८, २९ र ३० गते भएको छनोट चरणको प्रतियोगीताबाट पाँच समुहलाई फाईनल चरणमा प्रवेश गराईएको छ ।
भोलि हुने फाईनल प्रतियोगितामा शिव टोल, उत्तम टोल, प्रगति टोल, सफल एक्ले टोल र बुद्धचोक टोलबिच प्रतिष्पर्धा हुने छ । छनोट चरणको प्रतियोगितामा २५ समुह सहभागी भएको तीजगीत प्रतियोगिताका संयोजक सुरेन्द्र सेन ठकुरीले बताए । उनका अनुसार भोलि हुने फाईन प्रतियोगितामा छनोट समुहले यस अघि गाईएको गीत प्रस्तुत गर्न पाउने छैनन् ।
शुक्लागण्डकी नगरपालिका ८ नम्बर वडाले आयोजना गरेको टोलस्तरीय रनिङ शिल्ड प्रतियोगितामा तीजगीत प्रतियोगिता संगै घैटो फुटाई, चम्चा गुच्चा दौड, कुर्चि घुमाई र श्रीमानले श्रीमति बोक्ने दौड आयोजना गरेको थियो । यि सबै प्रतियोगिताको फाईनल खेल तीज पर्वको अवसरमा नै हुने छ । प्रतियोगितामा बढी अंक जोड्ने टोलले नै रनिङ शिल्डको उपाधि हात पार्ने छ ।