काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर बाबुको सम्मान र सम्झना गरी मनाइँदैछ।
दिवंगत बाबुलाई तर्पण, सिदा दान र श्राद्ध गरेर एवम् जीवित बाबुप्रति आदर सम्मानका साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइन्छ।