दुलेगौंडा । नेपाली नारिहरूकाे महान पर्व हरितालिका तीजकाे अवसरममा शुक्लागण्डकी नगरपालिका-८ ढाेरफिर्दिमा श्रीमानले श्रीमती बाेक्ने दाैड प्रतियोगिता हुँदै छ । शुक्लागण्डकी ८ नम्बर वडा कार्यालयले तीजकाे अवसरमा आयाेजना गरेको टाेलस्तरीय तीज रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत श्रीमानले श्रीमती बाेक्ने दाैड प्रतियोगिता समावेश गरेको छ ।
टाेलस्तरीय तीज रनिङ शिल्ड प्रतियोगितामा टाेलस्तरीय श्रीमानले श्रीमती बाेकेर दाैडिने प्रतियोगिताकाे साथमा तिजगीत प्रतियोगिता, टाेलविकास संस्था स्तरीय म्युजिकल चियर प्रतियोगिता,टाेलविकास संस्था स्तरीय घैटाे फुटाइ प्रतियोगिता र चम्चा गुच्चा दाैड प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम हुने टाेलले ३ अंक, द्धितीय हुने टाेलले २ अंक र तृतीय हुने टाेलले १ अंक प्राप्त गर्ने छ । सबै प्रतियोगिता सबैभन्दा बढी अंक प्राप्त गर्ने टाेलले रनिङ शिल्ड हासिल गर्ने छ ।
प्रतियोगितामा प्रथम हुने टाेलले नगद २० हजार साथमा रनिङ शिल्डकाे उपाधि हासिल गर्ने छ भने द्धितीय हुने टाेलले १५ हजार र तृतीय हुने टाेलले १० हजार प्राप्त गर्ने छ ।
तीजगीत प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय र सान्त्वना हुने टाेलिले छुट्टै पुरस्कार प्राप्त गर्ने छ । प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ७ हजार ७७७, ५ हजार ५५५, ३ हजार ३३३ र २ हजार २२२ रूपैयाँ प्राप्त गर्नेछ ।
महिलाहरूलाइ जगरूक बनाउनका निम्ति वडाले रनिङ शिल्ड प्रतियोगिता आयाेजन गरिएको वडाध्यक्ष नारायण सिं थापाले बताए । उनले नारि विभेदको अन्त्य गर्न नारिहरू आफै अग्रसर हुनुपर्ने बताए ।